Gold
Bangad salyan

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरूद्ध परेको उजुरी प्रिन्टमा मिस्टेक

असोज २५

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी डडेल्धुरामा कायम रहने भएको छ। उनको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको र नामावली संकलन प्रिन्टमा प्रिन्टमा भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

उम्मेदवारविरूद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं’, उनले भने, ‘उम्मेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उम्मेदवारविरूद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन।देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ ।

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए। देउवाको उम्मेदवारीविरूद्ध उजुरी दिने मल्ल कांग्रेसका पूर्व डडेल्धुरा सभापति हुन्।