Gold
Bangad salyan

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा भोलि काग सम्मेलन हुँदै

काठमान्डौ- यमपञ्चकको पहिलो दिन भोलि  काग तिहारका अवसरमा रमेश दुलाल कागेले काग सम्मेलन गर्दै छन ।
काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा काग सम्मेलन गर्न लागेका उनको यो १९ औँ ‘काग सम्मेलन’ हो।

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुने उनले बताए ।

ईलामका रमेश दुलालले देश विदेशमा आफू लाई कागे बाहुनको नामबाट चिनाउने गरेका छन । उनले १ सय ७३ जीव जनावर तथा चराचुरुंगीको आवाज निकाल्ने गर्दछन।

दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन। कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ।

यमपञ्चकको रुपमा मनाईने तिहारको  पहिलो दिन भोलि देशभरमा काग तिहार मनाउने गरिन्छ । कागलाई भोलि मिठा मिठा खानेकुरा दिने गरिन्न्छ ।