Gold
Bangad salyan

डडेलधुरामा सागर ढ्काललाई चुनावी प्रचार प्रसार गर्न रोक

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र बाट स्वतन्त्र उमेदवार दिएका सागर ढकाललाई डडेलधुरामा चुनावी प्रचार प्रसार गर्न रोक लगाईएको छ।

उनले सामाजिक संजालमार्फत आफूलाई जिल्ला प्रशासन कार्यलय डडेलधुराले चुनाव प्रचार प्रसार गर्नमा रोक लगाएको बताएका छन।

उनले लेखेका छन ।मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ।

मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।