Gold
Bangad salyan

रवि लामिछानेले जित्ने हैन उमेदवार नै खारेज हुन्छ : ओली

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपि ओलीले रवि लामिछानेले चुनाव जित्नु त के चुनाव लड्न समेत नपाउन सक्ने बताए ।

अध्यक्ष ओलीले एक कार्यक्रमको कुराकानीमा लामिछानेविरुद्ध उजुरी परेको हुँदा उमेदवार खारेज हुनसक्ने पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित आयोगमा उजुरी परेको छ।

यस्तै यो पटकको चुनावमा कुनै पनि स्वतन्त्रले नजित्ने ओलीले दाबी गरेका छन। जन्ता बाठा भैइसकेका छन संघ प्रदेश कुनैमा स्वतन्त्रले जित्दैन्न जन्ता बाठा भैइसकेका छन हेर्दै जानुस सोछे भन्दा फरक मत आउँछ ओलीले भने ।