प्रधानमन्त्रीकै विवादले गठबन्धन टुट्दैन : प्रचण्ड
मंसिर, ४ – चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्। अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल , शान्तिपुर ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपछि पत्रकारहरुसंग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीकै विवादले गठबन्धन नटुट्ने बताएका हुन्। प्रधानमन्त्रीको उमेद्वार धेरै छन्। निर्वाचन सकिएपछि प्रधानमन्त्री समस्याको विषय हुँदैन। गठबन्धनमा राम्ररी सल्लाह भएर सहजता साथ प्रधानमन्त्री छनौट गरिन्छ उनले भने।

