Gold
Bangad salyan

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरे मतदान

मंसिर, ४ – गोरखा – माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् | उनले जन्मस्थल सिरानचोक गाउँपालिकाको परोपकार आदर्श मावि मतदान केन्द्रमा बिहान ७:५७ बजे मतदान गरेका हुन् ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि आज देशभर निर्वाचन भएको हो। प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५५० सिटका लागि निर्वाचन हुन्छ। यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतिरको १६५ सिटका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रतिनिधिसभाकै समानुपातिकतर्फको ११० सिटका लागि २ हजार ४०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।