प्रचण्डलाई ओलीको फोन मिलेर जाउ
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । ओलीले प्रचण्डलाइ विगतका दिन भुलेर समिक्षा गर्दै अगाडी जान प्रस्ताव गरेका छन्।
प्रचण्डले ओलीलाई अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए । ओली र प्रचण्डले सुभकामना साटासाट समेत गरेका छन्।
हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।
यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ ।मङ्सिर ८

