Gold
Bangad salyan

सन्दीप लामिछानेले नाबालिकसँग सम्पर्क गर्न नपाउने

काठमान्डौ – उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पीडितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ।

१७ वर्षीया बलात्कार पीडित नाबालिगलाई सम्पर्क नगर्न अदालतले आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

उनका अनुसार यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइने कट्टेलले बताए।

बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोप लागेका उनलाई इजलासले उनलाई विदेश जानबाट रोक लगाएको छ।

यस्तै, उनलाई काठमाडौ‌ं उपत्यका पनि नछाड्न भनेको छ। छाड्नै पर्ने अवस्था भएमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। पुस २९