Gold
Bangad salyan

रवि लामिछानेले पुन : प्राप्त गरे नेपाली नागरिकता

काठमाण्डाै  रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बल्ल नेपाली नागरिक बनेका छन।

उनले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भनेर  जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन दिएका थिए ।

यसअघि नै नेपालको नागरिकता लिएपनि लामिछानेले अमेरिकी नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए ।

अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका रविलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको थियो ।

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बनेका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उनले पुनः नागरिकताको प्रमाणपत्र लिएका हुन। अवैध नागरिकताकै कारण उनको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।