Gold
Bangad salyan

प्रचण्ड पथमा लड्दा दस बर्ष जेल सजाय प्रचण्डको छैन कुनै पहल

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरुवात गरेको तत्कालीन जनयुद्ध ‘प्रचण्ड पथमा` जन्ता र देशको लागि लडेका जनयुद्धका एक कुशल कमान्डर अहिले जेल जीवन बिताईरहेका छन ।

यो सुन्दा तपाईं हामी सबैलाई अहिले शरीर नै जिरिङ गर्ने गर्छ।
गोरखा आरुपोखरी ९ न वडा निवासी बिक्रम गुरुङ – क. (शक्ति लाई नेपाली सेनाले विगत तीन बर्ष ६ महिनादेखि मकवानपुरको भिम फेदि कारागारमा राखेको छ।

जनयुद्धमा तत्कालीनन शाही सेनाले जनतालाई गरेको अन्याय अत्याचारको बिरूद्ध शाही सेनाको ब्यारेक भित्रबाट विक्रम गुरुङ बिद्रोह गरेर आमुल परिवर्तनको लागि जनताको परिबर्तनको लागी भनेर निस्केका थिए ।

उनि एम १६ राईफल र ४५० राउण्ड गोली र ५ वटा म्याग्जीन सहित शाही सेनाको ब्यारेक बाट बिद्रोहगरेर त्यसबेलाको माओवादी सेना जनमुक्ति सेनामा आबद्द भयर काम गरेका हुन।

सान्ती प्रकृया पश्चात शक्तिखोर चितवन तेस्रो डिभिजन अनिस कल्याण बिग्रेड क्याटनमेनबाट UNMIN बाट पहिलो प्रमाणिकरण भयर पछी सेना समायोजन भएको थियोे ।

शान्ति सम्झौता र अन्मिनले प्रमाणिकरण गरेपछि माओवादी पार्टीले सेना संग भएका सबै हात हतियार नेपाल सरकारलाई बुझाईसकेको छ।

बिक्रम गुरुङ क्याटनमेन बाट निस्किएर केही बर्ष वाईसीएल नेपालमा काठमाडौंमा वाईसीएल क्याम्पमा रहेर काम गरेका थिए ।

उनले केही बर्ष बैदेशिक रोजगारको- सिलसिलामा बिदेस बसेर आईसकेपछि काठमाडौं कलंकीमा एउटा सानो चिया पसल खोलेर आफ्नो परिवार सहित बस्दै परिवार पाल्दै आएका थिए ।
तर २०७५ असारमा नेपाली सेनाले भगौडामा नाम राखेर खोज्दै जाँदा नेपाली सेनाको जासुसीबाट पत्ता लगाइ सेनाकै प्रहरीबाट समाति शैनिक एन लगाएर कोट मार्सल गरेर विक्रमलाई जेल चलान गरिएको छ। उनी अहिले जेलमा रहेको तीन बर्ष ६ महिना बिति सक्दा समेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गुनमान छन।

शैनिक अदालतले विक्रम गुरुङ शक्तिलाई दश वर्ष जेल सजाय तोकेको छ। उनको एक छोरा र एक छोरी छन श्रीमती अहिले चिया बेचेर दुई वटा बच्चा हुर्काउँदै बढाउदै र जेलमा रहेको श्रीमानलाई कहिले काही खाजा खर्च हेर्ने गरेकी छिन।

उनका बुवा ७८ वर्ष र आमा ७६ वर्षको गाउँमै बस्छन। छोरा जेल परेदेखि उनिहरि दैनिक रोयरै दिन रात कटाउने गर्दछन।
छोरालाई भेट्न मन भएपनि उनिहरी गाउँबाट गाडीमा आउन नसक्ने र गाडीमा हिड्न बितिकै गाडी लाग्ने बताउँछन।

आर्मीको जागिरमा रहेको भए अहिले पेन्स र घर भैइसक्थ्यो तर देश र जन्ताको लागि परिवर्तनको लागि लडेको छोरा अहिले जेआ हुँदा हामी निकै दुखित छौ । हामी कसलाई के भनौ के भनौ भन्दै उनीहरुको चीत्कार छ।

जनयुद्ध भएको अहिले २८ बर्ष बितिसकेको छ। उनले ल्याएको हतियार पनि सेनालाई बुझाईसकियको छ ।तर नेकपा माओवादी केन्द्रले अझै शान्ति सम्झौताका मुद्दा हल गरेको छैन ।जस्ले गर्दा हजारौं सेनाहरु अहिले पनि जेल सजाय काटी रहेका छन भने हजारौं सेनाहरु घाईते अपाङ्ग छन भने उनीहरुको उपचार समेत हुन सकेको छैन।

तीन पटक प्रधानमन्त्री बनिसकेका अध्यक्ष प्रचण्डले यो बिषयमा कहिले पनि कुरा उठाएनन । बल्की उनी परिवारवाद र नातावाद बनिरहेका छन।

विक्रम गुरुङ संगै जनयुद्धमा होमिएका धिरज उपरकोटिले आफू संग कहिले काहीँ विक्रमसंग कुरा हुने गरेको बताउँछन। यस्तै सुपरिम कमान्डर प्रचण्ड प्रधानमन्त्री भैसक्दा समेत शान्ति सम्झौताका मुद्दा किन हल नगरेको र छिटै मुद्दा हल गरि रिहाईको माग गरेका छन। माघ २९