Gold
Bangad salyan

मिटरब्याजलाई अपराध मानेर कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमान्डौ – सरकारले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाउन भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजललाई अपराध मानेर कानुन बनाउँदै पिडितका समस्या हल गर्ने जनाएको हो।

त्यसका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यो भन्दा अगाडि मिटरब्याजीलाई कारबाही गर्ने कानुन नहुँदा पिडितले न्याय पाउन सकेका थिएनन।

मिटरब्याजी पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडौँ आएर आन्दोलन थालेपछि सरकारले गम्भीरता देखाउँदै आवश्यक निर्णय गरेको हो । चैत १४