दुर्घटना भएको हेलिकोप्टरका पाईलट शकुशल
चैत २६
काठमाडौं । धौलागिरि बेसक्याम्पमा दुर्घटना भएको हेलिकोप्टरका पाईलट शकुशल रहेको बुझीएको छ। हेलिकोप्टर मा एक जना पाइलट मात्र रहेको पाईएको हो।
डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ । धौलागिरि बेसक्याम्पमा सामान छोडेर पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै गरेको बुझिएको छ । इटालियन बेसक्याम्पमा कार्गो पुर्याएर धौलागिरि बेसक्याम्प फर्कने क्रममा बिहान ११ बजेर १ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

