राम्रो काम गरे पनि भन्न नमिल्ने रहे छ : प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा पनि जस नपाएको बताएका छन।
घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको प्रचण्डको दाबी छ।
पार्टी निकट पत्रकार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने र देशभित्रका बेथितीलाई रोक्ने प्रयासदेखि पछिल्लो भारत भ्रमणको क्रममा भएका सहमति सम्झौतालाई ६ महिनाको बीचमा सरकारले गरेका राम्रा काम भएको उनले बताए । तर राम्रो काम गर्दा पनि मैले गरे भन्न नहुदो रहे छ उनले भने ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
ध्यानाकर्षण पत्रमा समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउनुपर्ने, अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् । जेेठ ३१

