एसइईको परीक्षाफल आजै सार्वजनिक गरिदै बोर्ड
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । आजै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको हो।
नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम सकिसकेका छन।
बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न पनि सकिनेछ ।
२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए । बोर्डका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।असार २१

