काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित
काठमाडौं- आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।असार १० मा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको एकलौटी भएको भन्दै बजेट पास गर्न बोलाएको नगर सभा अवरुद्ध बनेको हो ।
नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छलफल नगर्ने अनि सिधै पास गरौं त भन्न मिलेन नि। त्यही भएर हामीले विरोध गरेका हौं,’ नेपाली कांग्रेसबाट निर्वाचित भएका एक वडाध्यक्षले भने,बजेट पास गर्नको लागि सबै विषयमा छलफल हुनुपर्छ । नेतृत्वले मनलाग्दी गर्न नपाउने उनले बताए।
सभाका सदस्य सचिव रहेका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विशेष कारणले २६ गतेसम्मको लागि नगरसभा स्थगित भएको सूचना प्रकाशित गरेका छन् ।
वडाको योजना छनोटका लागि समय चाहिएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले बताए ।

