रुकुम पश्चिममा स्कुल पढ्न गएका दाजु बहिनीलाई खोलाले बगाउँदा मृत्यु
भदौ १८
रुकुम पश्चिम् – कर्णाली प्रदेश रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६ मा बाढी बर्षा का कारण खोला बढेपछि खोलाले बगाउदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ।
नगरपालिकाको वडा नम्बर ६ घर्तिकाँडा निवासी रतन बुढाथोकीका १० वर्षिय छोरा मनोज र ६ वर्षिया छोरी भावनाको आइतबार अपरान्ह वेलुका साढे ४ बजे बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको हो ।
उनीहरूलाई स्थानीय नाउखोलाले बगाएको ईलाका प्रहरी कार्यलय प्रमुख ईश्वर देव गिरीले बताएका छन ।मनोजको शव १२४ सय र भावनाको शव ७८५ सय मिटर तल शव फेला परेको हो ।
उनीहरु खोला तर्ने क्रममा एकै घरका दाजु बहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा मनोज कक्षा ३ र भावना कक्षा १ मा पढ्थिन् ।
आइतबार दिउँसो हावाहुरीसंगै ठुलो वर्षा भएको थियो ।
अहिले दुबई जनाको शव पोस्टमापनको लागी सदरमुकाम खलंगा लगिएको छ ।

