Gold
Bangad salyan

कांग्रेसका सहमहामन्त्री यादवमाथि राजावादीको खुकुरी प्रहार

काठमान्डौ -नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेका हुन् ।

नुवाकोटको विदुर नगरपालिका,७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताए ।

पक्राउ परेका सापकोटा राजावादि हुन । उनी अहिले पनि राजा चाहियो भन्दै माईतीघरमा नारा लगाउने गरेका छन।

टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हाल उनी खतरामुक्त रहेको तर अब्जरभेसनका लागि आईसीयूमा राखिएको ट्रमा सेन्टरले जनाएको छ ।

उनको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा आफैं अस्पताल पुगेका थिए । कांग्रेसका अरु नेताहरु पनि भेट्न पुगेका छन् ।

भदौ २०