Gold
Bangad salyan

प्रधानमन्त्री प्रचण्ड आज आफ्नो निर्वाचन क्षेत्र जाँदै

भदौ २३

काठमान्डौ – प्रधानमन्त्री प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र जादै छन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज शनिबार १० बजे निर्वाचन क्षेत्र गोरखा जान लागेका हुन।

जन्तासंग माओबादी बिषेष रूपान्तरण सहित घर-घरमा माओबादी तिनमहिने अभियानका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जन्तासंग जम्काभेट गर्ने छन।

यस्तै जनयुद्धका महान शहिद सुरेस वाग्लेल (बासु) स्मृति दिवस अन्तर्गत पालुङटार नगरपालिका वडा न,२ रातडाडा शहिद बासु स्मृति प्रतिष्ठानमा शहिद स्मृति दिवस एबम स्थानीयसंग भेट रहेको उनको सचिवालयले जनाएको छ।

त्यस्तै दिउँसो १ बजे अजिरकोट गाउँपालिका भच्चेकमा मतदाता हरूसंग भेटघाट र अजिरकोट गाउँपालिका वाईसिल नेपाल भेलालाई उद्द्घाटन गर्ने कार्यक्रम रहेको पनि जनाईएको छ।