Gold
Bangad salyan

नेपालमा दैनिक २० जनाले गर्छ्न आत्महत्या यस्ता लक्षण देखाउछ

काठमान्डौ – नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको विभिन्न अध्यनले जनाएको छ।

नेपालमा आज आतमहत्या दिवस परेको छ। आत्महत्या कसरी रोक थाम गर्न सकिन्छ भनेर समेत हाल सम्म सरकारले कुनै कार्यक्रम गरेको छैन।

सबै भन्दा धेरै ९० प्रतिशत आतमहत्या रोक थाम गर्न स्थानीय पालिकाले गर्न सक्ने विज्ञहरु बताउछन।

यस्तै विध्यालयहरुबाट पनि आत्महत्या रोक थामका कार्यक्रमहरु गर्न सके त्यस्ता घटना रोक्न सकिने बताईन्छ।

धेरै जस्तो आत्महत्या विभिन्न कारणले निरासा जनक घरेलु विवाद प्रेम संबन्ध स्कुले जिवनको बाटोमा भएको पनि अध्यनले जनाएको छ।

धेरै जस्तोले आत्महत्या गर्नु अघि मर्न पाय हुन्थ्यो, म बाचेर के नै काम छ र, टोलाउने निरासा जनक हुने न एकान्तमा बस्ने रुने लगायतका क्रियाकलाप गर्ने गरेको पनि अध्ययनले जनाएको छ।

यस्ता क्रियाकलाप गरेको वा आफू जानकारी भए तत्काल त्यस्ता व्याक्तीको ज्यान बचाउन सकिन्छ। यी लक्षण देखाउने व्याक्तीलाई एक्लो नछोड्न समेत विज्ञहरुको भनाइ छ।

यस्तै कोहि कसैले यस्ता क्रियाकलाप देखाउन खोजे नेपाल सरकारले अन्तर्राष्ट्रिय हेल्पलाईन ११६६ संचालमा ल्याएको छ।भदौ २४