Gold
Bangad salyan

भक्तपुरमा महिलाको टाउको छिनेको अवस्थामा शव फेला

भदौ ३०

भक्तपुर – भक्तपुरमा घरबाट हराएकी एक महिलाको शव जङ्गलमा टाउको छिनेको अवस्थामा फेला परेकाे छ ।
उनी दुई महिना अगाडि घरबाट हराएकि थिइन।

मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)वसन्त पाठकका अनुसार दुई महिना अगाडि हराएकी महिलाको शवको कङ्काल मध्यपुरथिमिको जङ्गलमा भेटिएको हो।

पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । शव सूर्यविनायक नगपालिका,२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको उनले बताए ।

मृतककी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकि थिइन् । शव परीक्षणका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ। डीएसपी पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भैइरहेको उनले बताए ।