पूर्वराजा ज्ञानेन्द्र शाहले जनलहर सहित गरे तलेजुको दर्शन
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन। आईतवार पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन।

भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुहेका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।
स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ ‘जनता आउ राजा ल्याउ’ का नारा लगाएका छन। उनका समर्थकले खुट्टा ढोगेर स्वागत गरेका हुन। असोज ७

