Gold
Bangad salyan

गोरखामा वाइसीएलको दबाबपछि सार्वजनिक यातायातको भाडादर समायोजन,हेर्नुहोस नयाँ भाडादर

असोज १५

गोरखा –  योङ कम्युनिष्ट लिग (वाइसीएल) लेपाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिएपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको छ ।

कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीको भाडादर कायम रहेको भन्दै तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

जस अनुसार अब गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ५५ पैसा दर भाडा कायम हुने भएको छ ।
नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आम गोरखाबासीहरुको एजेण्डा भएको भन्दै जनपक्षिय माग पुरा गरेको भन्दै प्रसासन,  यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिएका छन।

उनले नयाँ निर्धारण गरिएको भाडादर निसर्त लागू गर्न गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई आग्रह गरे । संंयोजक श्रेष्ठले जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता समेत व्यक्त गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ सगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) गोरखाले जिल्ला भित्रका कालोपत्रे सडकमा समेत कच्चीको भाडादर कायम रहेपछि भाडादर समायोजन गर्न ५ दिने अल्टिमेटम दिएको थियो ।

आमसर्वसाधरणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग गरेपछि सोमवार बैठक बसेर नयाँ भाडा तोकिएको हो ।

गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायत सडकहरु कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।

सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बस्नु लुटको प्रशासन निरीह बनेको र प्रसासन बिहिनताको आभास जनतामा भएको उल्लेख्य गर्दै नयाँ भाडादर कायम नभए कडा सर्घषमा उत्रने बताएको थियो ।