Gold
Bangad salyan

तिनकुनेमा चार जनाको हत्या गरेका संजय भन्छन् हाल सम्म १५ जनाको हत्या गरे

काठमान्डौ – काठमान्डौको तिनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्या गरेका हत्यारा संजय भण्डारीले प्रहरीसामु दिएको बयानले प्रहरीका उच्चअधिकारीको नै होस हवास उडेको बताउछन।

उनले प्रहरीको सामु एक पछि अर्को बयान दिदै हाल सम्म १५ जनाको हत्या गरेको बताउदै आएको प्रहरी स्रोतले जनाएको छ।

उनले कतिलाई भने हत्या गरि खाडलमा गाडेको समेत बताएका छन । उनको बयान सुनेर अहिले प्रहरी उच्च स्रोतनै चकित छ।

उनको बयान सुनेर प्रहरीले अहिले घटनास्थलमा अनुसंधान थालेको छ। कतिपय भने उनले भनेको बयानमा मिल्न जाने समेत प्रहरी बताउँछ ।

आज भन्दा तीन बर्ष अघि बौद्धमा एक पुरुषको शव हात खुट्टा काटिएको र बोरामा हालेर फालीएको अवस्थामा फेला परेको थियोे ।

यस्तै लकडाउनको अवस्थामा भक्तपुरको बोडे नजिकै खोलामा एक महिलाको टाउको छिनेको अवस्थामा महिलाको शव फेला परेको थियो ।

तिनकुने चार जनाको हत्यामा प्रयोग गरिएको हतियार

प्रहरीले लामो अनुसंधान गरेपनी ती हत्याका आरोपी अझै फेला पार्न सकेको छैन। यस्तै अन्य धेरै हत्या गरि फेला परेका शव र हत्यारा फेला पर्न नसक्नु र संजय भण्डारीले दिएको बयानसंग मिल्न जाने हुँदा घटनाको गम्भीर अनुसंधान भैइरहेको रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए ।

उनका अनुसार संजयले हत्या गरि गाडेको भन्ने स्थानमा प्रहरीले खोजतलास र अनुसंधान गरेको स्थानमा घरहरु बनिसकेका छन।

यस्तै संजयले तिनकुने सामुहिक हत्या घटाएपछी जिल्ला अदालत काठमान्डौमा बयानको क्रममा न्यायाधीशलाई पनि धम्की दिएको एक प्रहरी उच्च अधिकारीले बताए ।

गत भदौ ३० गते तिनकुनेको दिव्य सःमिल तथा कास्ठ उधोगभित्र धारिलो हतियार प्रहार गरेर एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो ।

दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको उक्त दिन राती १ बजेतिर हत्या भएको थियोे ।

हत्या आरोपमा सिन्धुपाल्चोकका संजय भण्डारीलाई उपत्यका अपराध महाशाखाले पक्राउ गरेको थियोे । पक्राउ पछि उनले हत्या स्वीकार गरेका थिए ।

बायानको क्रममा हत्या गरेका व्याक्तीलाई चिन्छौ कि नै भनेर न्यायाधीशले सोधेपछि संजयले चिन्छु अब तलाई पनि चिने बिचार गर भन्दै हाउ भाउ गर्दै जंगिएका थिए ।

उनी जन्मजात बोल्न सक्दैनन् उनिसंग कुराकानी गर्न र पक्राउ पछि बयानको लागि प्रहरीले भासा विज्ञ समेत बोलाएर बयान लिएको थियो।

त्यसपछि संजयले भटा भट बयानमा आफू ले हत्या गरेको र कति बेला घर जान मिल्छ भन्दै बोलेका थिए । यस्तै उनले जेलमा मासु मागेर हैरान पारेको पनि प्रहरीले जनाएको छ।

उनले मासु बिना भात खादैनन एक प्रहरी अधिकारीले बताए । मासु नदिए जेल भित्र झग्डा गरिहाल्ने गरेको उनले बताए ।
उनले १५ जनाको हत्या गरेको भन्ने बयान पछि प्रहरीलेले उनको दिमाग ल्याबमा कसरी चेक गर्न सकिन्छ भनेर अनुसंधान गरिरहेको छ।

तर उक्त ल्याब अमेरिकाको नेशनल लाईबेरिमा मात्र रहेको प्रहरी स्रोत बताउँछ । उक्त ल्याबले सहि र गलत उनको दिमागले सत्य झुठो बोलेको पत्ता लगाउने गर्छ। प्रहरीले उक्त कार्यको लागि पनि तयारी गरेको छ। असोज १७