Gold
Bangad salyan

कैलालीमा गाई तस्करी गर्दै गरेको ५ वटा ट्रक नियन्त्रणमा

असोज १८

कंचनपुर – कैलालीको चिसापानीबाट हिन्दु जागरण नेपालको आग्रहमा अबैध रुपमा तस्करी गर्दै जानकी गाउँपालिकाबाट काभ्रे चौपाया खरिद बिक्री केन्द्रले लैजान लागेका ५ वटा ट्रकमा राखिएको २०० गाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले ट्रकमा काभ्रे लैजान लागिएका गाई फिर्ता पठाएको बताएको छ।

जानकी गाउँपालिकाको मिलेमतोमा काभ्रे चौपाया खरिद बिक्री केन्द्रले राष्ट्रीय जनावर गाई तस्करी गर्न लागेको भन्दै हिन्दु जागरण नेपाल कैलालीले आक्रोश ब्यक्त गदै गाई तस्करमा संलग्न जानकी गाउँपालिका र गाई तस्कर गर्ने काभ्रे चौपाया खरिद बिक्री केन्द्रलाई कडाभन्दा कडा कारबाहीको लागि सम्बन्धीत निकाय संग आग्रह समेत गरीएको हिन्दु जागरण नेपाल कैलालीका जिल्ला अध्यक्ष टंकबहादुर देउवाले बताए।

गाई असोज १५ गते राति ११ बजे ईलाका प्रहरी कार्यालय चिसापानीले ट्रक सहित नियमन्त्रमा लिई जानकीमानै फिर्ता पठाएको थियो।

तर पछिल्लो दिन असोज १६ गते सबै कागजपत्रहरु मिलाएर बिहान ११ बजे ५ वटै ट्रक चिसापानी बाट अगाडी गएका थिए।
सबै कागजपत्र देखाएपछी ईलाका प्रहरी कार्यालय चिसापानीले सो ट्रक अगाडी जान दिएपनि ईलाका प्रहरी कार्यालय भुरीगाउँ बदिर्याले फेरी ५ ट्रकसहित गाईलाई फिर्ता पठाएको ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ।

सोही दिन उक्त ५ वटा ट्रक जानकी गाउँपालिका,५ मा पठाइएको थियो। हिजो १७ गते ट्रकमा रहेका गाईलाई हिन्दु जागरणका युवा र ईलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा उन्मुक्ति दिएर ट्रक ईलाका प्रहरी कार्यालय लम्कीमा राखेको छ।