Gold
Bangad salyan

भूकम्पमा आत्तियर हाम फल्दा एक जना महिला घाईते

कार्तिक ५

गोरखा -आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको ६.१ म्याग्नेच्युट भूकम्पबाट गोरखाकी एक महिला घाइते भएकी छन् ।

गोरखानगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती

थापा घाइते भएकि हुन। पूजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा उनी घाइते भएकी हुन् ।

उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । घाइते थापाको गोरखा अस्पतालमा सामान्य उपचार पछि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ ।

यसैगरी भूकम्पले गोरखाकै बोर्लाङ र फुजेलमा केही घरहरू चर्केका छन् । पुराना घर चर्किएको प्रहरीले

जनाएको हो।