Gold
Bangad salyan

सल्यानमा नमस्कार नगरेको भन्दै कुटपिट गर्दा युवकको मृत्युु

कार्तिक ९

सल्यान – सल्यानमा आफूहरुलाई ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बागचौर नगरपालिका –७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्।
उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए ।

कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा आज भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ । कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको र केशर ओली फरार रहेको इप्रका थारमारेले जनाएको छ ।