रवि लामिछानेको पार्टीका उपप्रमुखले कुटे प्रहरी छुटाउन रविको दबाब
काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को र्याट विभागको उपप्रमुख आशिष थापा (बैकुण्ठ)ले ड्युटिमा रहेका प्रहरीलाई अपशब्द बोल्दै हातपात गरेका छन् ।
रवि लामिछाने सभापति रहेको उक्त पार्टीको र्याट उपप्रमुख थापाले थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेको भिडियो बाहिरीयको छ।
कुटपिट गरेको थाहा पाएपछि स्थानीयवासीले उपप्रमुख थापालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको संलग्न रहेका एक स्थानीयवासीले जानकारी दिए ।
रवि लामिछानेको पार्टी (रास्वपा)को र्याट उपप्रमुख आशिष थापाले चेकिङमा रहेका ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गरेको हुन ।‘उक्त अमानवीय तरिकाले राष्ट्रसेवक कर्मचारीलाई हातपात गरेपछि हामीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छौं ।
उक्त व्यक्तिले विगतमा मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकेटके बोकी गैरकानुनी कार्य समेत गरेका थिए ।
उक्त व्यक्तिलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेपछि शक्ति देखाउँदै रास्वपाका सभापति रवि लामिछानेले छुटाउन दौडधुप गरिरहेको बुझ्न आएको छ ।
आफ्नो कार्यकर्ता जसरी पनि छुटाउन सभापति लामिछानेले प्रहरीलाई दवाव दिइरहेको समेत स्रोतको दावी छ। कार्तिक १०

