Gold
Bangad salyan

सुर्खेतका युवाको दैलेखमा हत्या कुटपिटमा महिलापनि पनि सामेल

कार्तिक ११

दैलेख – दैलेखको भैरबी गाउँपालिका,४ सिलङ्गी गाउँमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका,२ का २० वर्षीय किशोर बुढा क्षेत्री हत्या घटनाका आरोपित तीन जना सबैलाई प्रहरीले पक्राउ गरेको छ ।

भैरबी गाउँपालिका–४ सिलङ्गीका १९ वर्षीय झविन्द्र शाही, २१ वर्षीय धर्मराज अधिकारी र ३२ वर्षीया मनिषा रिजाललाई प्रहरीले शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए।

दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल आफैँ घटनास्थल पुगेर अनुसन्धान र आरोपित पक्राउ गर्न सफल भएका थिए ।