Gold
Bangad salyan

रामेछापको मन्थली विमानस्थलमा दुई पाईलटबिच कुटाकुट

रामेछाप – रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटबीच शुक्रवार आज बिहान कुटाकुट भएको छ ।

तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमा कुटाकुट भएको हो ।

क्याप्टेन सन्तोष शाहले आज बिहान ८ बजे सोलुखुम्बुकाे लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए ।

लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गरेका थिए ।जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ थिए  ।

भेटमा क्याप्टेन शाहले क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुगि घाइते समेत भयको खुलेको छ।

घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्लातर्फ उडेका छन भने कानुनी उपचारका लागि शाह निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका हुन।

क्याप्टेन शाहले आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीको लागि निवेदनसहित कार्यालयमा आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान र सोधपुछ भैरहेको छ।

दुई पाइलटबीच भएको कुटाकुट भन्नेबारे आफूलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिए।

‘घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला एअरपाेर्टमै ग्राउण्डेड गरिएको छ उनले भने ।

जहाजका दुई क्याप्टेनबीच भएको कुटाकुटको विषयमा कम्पनीबाट अनुसन्धान भइरहेको र दुवै जना पाइलटकाे इजाजत पत्र खारेज गर्ने तयारी भइरहेको तारा एअरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए।

बर्तौलाले भने दुईजना बीच भएको घटना जहाज उडान सम्बन्धी नभइ व्यक्तिगत रिसिइबीको कारणले भएको देखिन्छ । यसबारेमा थप जानकारी लिने काम भइरहेको छ। कार्तिक १७