भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या १३२ पुग्यो
काठमाडौं – जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत राति गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ जना पुगेको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएका हुन् ।
भूकम्पमा परेर अहिलेसम्म १ सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् ।
घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटकोमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका गएको हो।

