Gold
Bangad salyan

लाटीकोईली धार्मिक एवंम् ऐतिहासिक महामहोत्सव २०७५को उद्घाटन

सुर्खेत, साउन ८
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.९ स्थीत लाटीकोईली मा अवस्थीत एक मात्र ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिब मन्दिरमा, हिजो देखि शुरु हुने भनिएकोे शिव महामहोत्सव २०७५को उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननिय प्रदेश प्रमुख दुर्गाकेशर खनालले उक्त कुरा बताउनु भएको थियो ।

खनालका अनुसार जिल्ला थुप्रै पर्यटकिय र धार्मिक स्थानहरु रहेका छन् जसको उचित सम्भार हुन नसक्दा जीर्ण र लोभ हुदै गईरहेका छन् जसले यस जिल्लाको महत्व घटिरहेको छ । खनालले भन्नु भयो, शिब मन्दिर जहां श्रावण मेला सहित महामहोसत्वको आयोजना हुदै छ यो सुर्खेत जिल्लाको प्रतिस्ठा मात्र नभई समग्र कर्णाली वासीहरुको प्रतिस्ठा रहेको हुदा यसको उचित व्यवस्थापन धेरै पहिला हुनु पर्नै थियो तर ढिलो चाडो भयपनी स्थानियहरुको ध्यान गएर महोसत्वको आयोजना गरेकोमा खुशि व्यक्त समेत गर्नु भयो ।

यस्तै कार्यक्रममा बिशेष अतिथि पर्यटन मन्त्री नन्द सिंह बुढाले पर्यटकिय र धार्मिक बिभाग आफ्नो मन्त्रालय अन्तर्गत परेको हुदा समग्र कर्णाली प्रदेशको मर्मत सम्भार नहुदा ओझेलमा परेका त्यस्ता स्थानहरुको मर्मत र सम्भारका लागि आफ्नो मन्त्रालयले ३ करोड बजेट विनियोजन गरि सकेको र यस शिब मन्दिरका लागि पनि अफुले र आफ्नो मन्त्रालयबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयको थियो ।

कार्यक्रमका अध्यक्ष एवंम् शिव महापुराण, श्रावण मेला सहित लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव–२०७५ मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले हिजो देखि साउन १७ गते सम्म संचालन हुन गईरहेको शिव महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खेत धार्मिक महामहोसत्व २०७५ को आयोजनाको उद्देश्यका बारेमा जानकारी दिदैं उक्त महामहोत्सव लाई भव्य र सभ्य रुपमा सफल पार्नका लागी सम्पूर्ण कर्णालीवासी, जिल्लवासी र स्थानिय संघ–संस्थाहरुलाई अनुरोध समेत गर्नु भएको थियो ।