यमपञ्चकको दोस्रो दिन आज कुकुरतिहार मनाईदै
काठमान्डौ – यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। हजारौँ वर्षदेखि मानवजीवनसँग अभिन्न सम्बन्ध रहेको कुकुरलाई पूजा गरी फूलमाला लगाइदिने र मीठो खानेकुरा खान दिने गरिन्छ।
कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कूलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ।
यस्तै अहिले कुकुलाई नेपाली सेनाले विभिन्न अपराधी क्रियाकलापमा जोडिएका व्यकती समाउनमा समेत प्रयोगमा ल्याउने गरेको छ।
आज एकै दिन नरक चतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको हुँदा आजै लक्ष्मी पुजा पनि गरिने भएको छ। कार्तिक २६

