Gold
Bangad salyan

देउसीभैलो खेल्न आउनेलाई पाँच सय भन्दा बढी दिए कारबाही हुने

कार्तिक २६

रुपन्देही – रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन प्रशासनले आग्रह गरेको छ ।
तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको हो ।

यस्तै देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो ।

त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।