Gold
Bangad salyan

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

काठमान्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ ।

प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी समेत दिएको छ ।

प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ ।

अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

सरकारले टिकटक बम्द गर्ने निर्णय गरेपछि सामाजिक संजालमा मत विमत चलेको छ। राजनीतिक पार्टीहरुले पनि कतिले टिकटक बन्द गर्ने र कतिले नगर्ने भन्दै प्रतिक्रिया दिने गरेका छन। कार्तिक २९