जाजरकोटमा भूकम्प पीडित थप दुई जनाको चिसोले मृत्युु
जाजरकाेट – जाजरकोटमा भूकम्प पीडित थप दुई जनाको चिसोको कारण ज्यान गएकाे छ ।
भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका,२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका,४ जिरीका नरेन्द्रबहादुर सिंहको ज्यान गएकाे हाे ।
मृतक दुवै दमका दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको ज्यान गएकाे बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए।
भूकम्पका कारण घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार अहिले त्रिपालमुनि बस्दै आएका छन् ।
त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । गत कार्तिक १७ गते गएको भूकम्पले हाल जाजरकोट अनि रुकुम पस्चिममा ठूलो क्षती भएको छ। भूकम्पले हाल सम्म १५३ जनाको ज्यान गैइसकेको छ। मंसिर १

