Gold
Bangad salyan

चौरजहारीमा जिप दुर्घटना २२ जना घाइते

रुकुमपश्चिम् – आज बिहान रुकुम पश्चिम को चौरजहारी नगरपालिका वडा नम्वर ८ को गोईरीज्यूला पुल नजिकै लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका छन ।

चौरजहारी नगरपालिकाको वडा नम्वर १० खोलागाउँ देखि समरमुकाम मुसिकोट जाँदै गरेको जिप चौरजहारी नगरपालिकाबवडा नम्वर ८ कालेगाउँ पुल नजिकै दुर्घटना हुदा जिपमा सवार यात्रुहरु घाईते भएका हुन घाईते मध्य ७ जनाको अवस्था गम्भिर रहेको वताईएको छ ।

चौरजहारी अस्पतालमा उपचार गराईरहेका घाईतेहरु मध्य २ जनाको थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाईको छ, भने अन्य गभ्मीर घाईतेहरुको उपठाउने तयारी भईरहेको अस्पताल स्रोतले वताएको छ ।

जिप मध्यपहाडी लोकमार्ग वाट करिव ५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाईते चालकका अनुसार जिप व्रेकफेल भएको र आफुले नियन्त्रणमा ल्याउनको लागि जिपको चावी वन्द गर्दा समेत नियन्त्रण हुन नसकेर दुर्घटना भएको वताएका छन ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारी, नगर प्रहरी चौरजहारी, स्थानीयवासी, जनप्रतिनिधि र चौरजहारी अस्पतालको एम्वुलेन्सले घाईतेहरुको उद्धार गरिएको छ । मंसिर ४