मेयर रेणु दहालको एडिट फोटो बनाएर चरीत्रहत्या गर्ने रास्वपाका दुई जना पक्राउ
काठमान्डौ – भरतपुर मेयर रेणु दहालको एडिट फ़ोटो बनाएर चरित्र हत्या गर्ने रास्वपाका २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन्।
उनीहरु दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन।
रास्वपा कार्यकर्ता शर्माले मेयर दाहाल र युटुबर सन्तोष देउजाको तस्बिर जोडेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।
शर्माको पोष्ट देवकोटाले सेयर गरेका थिए । देउवाले मेयरसँग जोडेर चरित्र हत्या गर्न खोजेको भन्दै मंगलबार चितवन प्रहरीमा ठाडो उजेरी दिएका थिए । मंसिर ६

