Gold
Bangad salyan

दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन गर्ने

काठमाडौँ नागरिक बचाउ अभियानका व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन (सांस्कृतिक) गर्ने भएका छन् ।

समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा प्रदर्शन गर्ने भएका हुन् ।

सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ ।

यसअघि महाअभियानले आज भक्तपुरको दरबारक्षेत्रमा कार्यक्रम गर्ने बताएको थियो । उक्त कार्यक्रम भने स्थगित भएको बताइएको छ । मंसिर १०