Gold
Bangad salyan

नक्कली भुटानी शरणार्थी प्रकरण जेल पठाउने वा छोड्ने आज फैसला हुँदै

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको आजबाट सुनुवाई हुने भएको छ।
अभियुक्तहरुलाई जेल तोक्ने वा धरौटी साधारण तारेखमा छोड्ने भन्ने आज फैसला हुने उच्च अदालतका एक अधिकारिले बताए ।
बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च अदालत श्रोतको भनाई छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए । मंसिर १५