विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।प्रहरीले सुनसहित केही विदेशी नागरिक पक्राउ गरेको छ।
विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको जानकारी दिए ।
उनका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ ।
उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।
गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।
प्रहरीले केही दिन अगाडीमात्र विमानस्थलबाटै १४ किलो सुन बरामद गरेको थियोे ।मंसिर २४

