पहिचानवादी भन्नेले एमालेमाथि निशाना साँधिरहेका छन :ओली
काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन।
शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताएकाका हुन।
पहिचानवादी भन्नेले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले देशमा आपसी द्वन्द्व, वैमनष्यता, आशङ्का र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिबी नहट्ने बताए ।
नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि ओलीले बताए । स्विजरल्यान्ड धनी भयो भनेर बस्नु हुँदैन। बालुवाका मरुभूमि युएई पनि धनी भयो अब हामी त्यहाँ काम गर्न जानू पर्छ भन्ने होइन।
हामी सबैले मिलेर एकता भएर देशलाई सुन्दर बनाउन सकिन्छ नेपालमा रोजगारको व्यवस्था गर्न सकिन्छ उनले भने ।पुष१

