Gold
Bangad salyan

गुल्मीमा बोका चोरि गर्ने दुई जना पक्राउ

पुष २

गुल्मी – गुल्मीमा बोका चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रेसुङ्गा नगरपालिका, बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका-१ बाट नियन्त्रणमा लिएको हो ।
सोधपुछ गर्दा उनिहरुले केही बोकाको मासु खाएको र केही बोका बेचेको बताएका हुन।

पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।