Gold
Bangad salyan

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट ल्याउने तयारि

पुष ३

काठमान्डौ – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् ।

भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । अहिले नेपाली बजारमा प्याज पाईन छोडेको छ।
९५ प्रतिशत प्याज भारतबाट आईरहेको थियो ।

त्यस पछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् ।

अहिले चीनको केरुङ हुदै प्याज आयात भईरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ ।

संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकृया पुरा भइसकेको छ ।