Gold
Bangad salyan

गृहमन्त्री श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारिबाट हटाईदिए

काठमाडौं – सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । सरकारले यसअघि ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारी हटाएको थियो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको बताएका छन ।

रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षामा सहभागी हुन पाउनु पर्ने माग राखेर परीक्षार्थीहरुले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले प्रमुख जिल्ला अधिकारी पण्डित, प्रहरी प्रमुख शाहसहित ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

यस्तै ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए । पुस १४ फाइल तस्वीर