Gold
Bangad salyan

बझाङ केन्द्र भएर भूकम्प गयो

पुस १५

बझाङ – बझाङ केन्द्र भएर भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.४ रेक्टरस्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको छ।