Gold
Bangad salyan

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

काठमान्डौ– नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन।

कैलालीको टीकापुरमा चलिरहेको उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि चौधरीको मात्रै उम्मेदवारी परेको हो ।

२०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएका चौधरीले गत वर्ष  जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए ।

यसअघि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका चौधरी जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएर अध्यक्ष बनेका हुन।

नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन।

यस्तै सहमहासचिव, सचिव र सहसचिवमा पनि निर्विरोध भएका छन् । अब उपाध्यक्ष र महासचिवमा मतदान हुने छ । ७ वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् । पुस २७