बम्जनविरुद्ध बारामा हत्या, अपहरणका दुई मुद्दा दायर
काठमान्डौ – पक्राउ परेका तपस्पी रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेको छ । उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले बताए ।
उनिमाथि निजगढ नगरपालिका, १२ स्थित खुमजोरको आश्रमबाट सुरेश कुमार आलेलाई बेपत्ता पारेको आरोप छ ।
सिमरा उप महानगरपालिका,१५ वडहर्वा घर भएका ३४ वर्षीय आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।
सुरेश कुमार आले २०७२ जेठपछि सम्पर्कविहीन छन् । बम्जनले रिता बोटको हत्या गरेको आरोप छ । सर्लाहीको बागमती नगरपालिका,१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् ।
२०७५ मा आले र बोटका परिवारले खोजतलास गरिपाऊँ भदै निवेदन दिएका थिए । पछिल्लो जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढेको एसपी काफ्लेले जानकारी दिए ।
बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् । २६ पुसमा न्यायाधीश विष्णुप्रसाद रेग्मीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् । पुस २९

