Gold
Bangad salyan

अब भूकम्पको पीडा कसैले भोग्नु नपर्नेगरि काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब कसैले भूकम्पको पीडा भोग्नु नपर्ने गरि काम गर्ने बताएका छन।

२६ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि यस्तो पीडा कसैले भोग्न नपर्ने गरी काम काम र शिक्षा लिनुपर्ने बताएका हुन।

उनले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व रहेको पनि बताए ।उनले भने ‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ ।

आजको दिन त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।

भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न प्रधानमन्त्रीले आह्वान गरे।

प्रधानमन्त्रीले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाको बीमा गर्ने व्यवस्था हुनुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्रीले जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसङ्केतको रूपमा लिँदै ठूलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनीभूत रूपमा गर्न र पालिकाकाे क्षमता अभिवृद्धिमा जोड दिइने स्पष्ट पारे। माघ ३