म्याग्दी तातो पानीमा मान्छे किन नुहाउन जान्छन यस्ता छन फाईदा
माघ १२
म्याग्दी -म्याग्दीको तातोपानी कुण्डमा प्रचुर मात्रामा विरेनुन र गन्धक सहित तातोपानी निस्कने गरेको पाईन्छ ।
गन्धक आँफैमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको कुनै पनि रोग अर्को व्यक्तिमा सर्दैन ।
यस तातोपानी कुण्डको तापक्रम ४५-४८ र मूलमा ५४-५७ डि.से. सम्म हुन्छ । यहाँ नियमित नुहाउनाले ग्याँस्ट्रिक, बाथरोग -यूरिएसिड), ढाड दुख्ने, छाला सम्बन्धि विभिन्न रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट, सुन्निने, गलगाँड र एसाइटिस रोग पनि निको भएको पाईन्छ । रोगीको अवस्था र प्रकृति हेरेर हप्ता दिनदेखी दुई हप्तासम्म पनि नुहाउने गर्दछन् भने हाल यस कुण्डमा करिब ३०० जना व्यक्ति अट्न सक्दछन् ।
तोपानी कुण्डको परिचयः
धवलागिरी अञ्चल म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ४ मा तातोपानी कुण्ड पर्दछ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखी ५ कि.मी.को दुरीमा पश्चिम हुँदै म्याग्दी नदीको किनारमा अवस्थित तातो पानी कुण्ड बेनी बजार देखी कच्ची मोटरबाटो भएर जानु पर्दछ । काठमाण्डौबाट सिंगा तातोपानी जान २५७ कि.मी. छ भने पोखराबाट ५२ कि.मी.को दुरीमा छ ।
कुण्डको इतिहासबारे खोजीनिति गर्ने हो भने व्यवस्थित थिएन । यस्तो नहाउने, खानेपानी धाराको व्यवस्था, कुण्डको ढाँचा, गुम्सिने व्यवस्था, शौचायलयको व्यवस्था, नदी नियन्त्रण र बाटो आदिको अभाव थियो । विभिन्न ठाउँबाट नुहाउन पाल्नुहुने पाहुनाहरु होटल लजको अभावले सबै ओडार र टहरामा खाने, बस्ने गर्नु पर्दथ्यो। त्यसबेला माघ, फागुन र चैत्रमा मात्र मान्छे आउने भिडभाड हुने गर्दथ्यो । त्यसपछि मानिसको आउनेक्रम बन्द हुन्थ्यो । यातायात मोटरबाटो) को अभावले नै यात्रीलाई बढी असुविधा हुन्थ्यो ।
हालको अवस्था :
२०४२ सालमा पहिला पटक तातोपानी कुण्डको व्यवस्थापन समिति गठन भएको सो समितिले राम्रो ध्यान पुऱ्याउन र व्यवस्थित गर्न सकेन यस्तो अवस्थामा २०४५ सालमा आएर नयाँ तातोपानी कुण्ड व्यवस्थापन समिति श्री प्रबुद्ध कुमार शाक्यको अध्यक्षतामा नयाँ समिति गठन भयो र सो समितिको सक्रियतामा कुण्डको व्यवस्थापन कार्यक्रम सक्रियरुपमा सञ्चालन हुन थाल्यो । उक्त समितिले स्नान (नुहाउने) स्थल, खाने पानीको धारा मर्मत, नदी नियन्त्रण, आवतजावत गर्नका लागि बाटोघा शौचालय, कुण्ड माथि ट्रष्ट राखी छाउनेकाम, कुण्ड वरिपरि बा कम्पाउण्ड, नयाँ कुण्ड निर्माण, समितिको कार्यालय भवन अ निर्माण तथा मर्मत सुधार गर्दै आई रहेको छ । यातायातको सुकि भएपछि नुहाउने र विरामीहरुको आउने क्रम बाहै महिनामा चल्न थाल्यो यस कुण्डमा सल्लाहकार श्री कविन्द्रमान शाक्य र नेपाल टेलिभिजनको संयुक्त प्रयासमा यस तातोपानी कुण्डको वृत्तचित्र बनाई २०५५ सालदेखी नेपाल टेलिभिजनमा प्रशारण भएपछि त झन कुण्डमा नुहाउन आउनेहरु को संख्यामा वृद्धि भएको हो ।
यो कुण्डमा मा आएर नुहाउन आउनेको दैनिक एक हजार देखि दुई हजार बिरामी को भिड हुने गर्दछ बिरामी जति सपना बोकेर टाढा टाढा बाट आएका बिरामी सन्चो न भएको र भएको पैसा जति सबै घर फर्किए को धैर्रे को भनाइ छ यहाँका होटेलको खाना बस्न पनि निकै महङ्गो छ सादा खाना को रु ३०० सिकन खानाको रु ४५९ र मटन खानाको ६५० प्रति खाना र कोठा भाडा रु २००० प्रति रात लिदै आएका छन भने बिरामी सन्चो हुन्छ भनेर गएका बिरामी मारमा परेको रुकुम जाजरकोट काठमाण्डौ कपिलवस्तु दाङ लगायत बाट आएका बिरामी ले बताएका छ ।
एस के सर्जन,
रंगदर्पन सम्वाददाता,

