Gold
Bangad salyan

भोलीदेखि धरहरासँगै निर्माण भएको भवनमा निशुल्क पार्किङ

माघ १३

काठमान्डौ – भोलीदेखि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा सवारी साधन पार्किङ खुला हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङ सेवा छ ।

यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि नि:शुल्क पार्किङ उपलब्ध हुने उनको भनाइ छ।

सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको उनले बताए । शहीद गेटबाट न्यूरोड जाँदा बाँयापट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा यस ठाउँमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।